मंसिर २०, २०८२ शुक्रबार | Sat Dec 6 2025

वर्ल्ड अर्बन कार अफ द इयरको उपाधि बीवाईडी सिगललाई



काठमाडौं– ‘वर्ल्ड कार अफ दी इयर २०२५’अन्तर्गत बीवाईडी सिगल अर्थात डल्फिन मिनीले वर्ल्ड अर्बन कार अफ द इयरको उपाधि जित्न सफल भएको छ।

२०२५ अप्रिल १६ मा अमेरिकाको न्युयोर्कमा आयोजित न्युयोर्क इन्टरनेसनल अटो शोमा विश्वभरका ११ उत्कृष्ट सवारी साधनहरूसँग प्रतिस्पर्धा गर्दै बीवाईडीले पहिलोपटक चिनियाँ अटोमोटिभ ब्रान्डको रूपमा यो अवार्ड हात पारेको हो।

यस ऐतिहासिक जितले विश्वव्यापी न्यु इनर्जी भेइकल ९एनईभी० क्षेत्रमा बीवाईडीको अग्रणी स्थानलाई फेरि एकपटक अन्तर्राष्ट्रिय स्तरमा पुष्टि गरेको कम्पनीले जनाएको छ ।


उच्च सुरक्षा मापदण्ड, स्मार्ट ड्राइभिङ फिचर र उत्कृष्ट सिटी फ्रेन्डली परफर्मेन्सले गर्दा यो मोडल विभिन्न प्रमुख बजारहरूमा लगातार बेस्ट सेलरको रूपमा स्थापित हुँदै आएको छ।

यसपटक वर्ल्ड कार अवार्डका ९६ जना अन्तर्राष्ट्रिय निर्णायकहरुलाई यस कारको अग्रगामी डिजाइन, अतुलनीय अर्बन मोबिलिटी परफर्मेन्स र युनिभर्सल मार्केट अपिलले प्रभावित पार्‍यो।

बीवाईडीका एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट स्टेला लीले बीवाईडी सिगललाई वर्ल्ड अर्बन कारकों रूपमा सम्मानित गरिनु हाम्रो लागि गर्वको विषय भएको बताइन ।

  :