मंसिर २०, २०८२ शुक्रबार | Sat Dec 6 2025

नौ महिनामा ८ हजार बिद्युतीय कार नेपाल भित्रिए




काठमाडौं– चालु आर्थिक वर्ष ९ महिना साउनदेखि चैत महिनासम्ममा झण्डै ८ हजार विद्युतीय कार आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।


विभागको तथ्यांक अनुसार चैतसम्म ७ हजार ९६७ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएका हुन् । चैत महिनामा मात्र ८८७ युनिट ईभी नेपाल भित्रिएका छन् । कुल १८ अर्ब ६२ करोड २३ लाख रुपैयाँमा उक्त संख्यामा विद्युतीय कार आयात भएकोमा सरकारले ११ अर्ब ४७ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

चालु आवमा ५० किलोवाट मोटर भएका २ हजार ७८३ युनिट, ५१ देखि १०० किलोवाटका ४ हजार ४१४ युनिट, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ७४२ युनिट, २०१ देखि ३०० किलोवाटका १७ युनिट र ३०० किलोवाट माथिका २ युनिट ईभी कार आयात भएको विभागको तथ्यांक छ ।

त्यस्तै, ५ अर्ब ३४ करोड रुपैयाँ बराबरको १ हजार ७३१ युनिट विद्युतीय माइक्रोबस आयात भएका छन् ।
विद्युतीय कार आयातमा चिनियाँको वर्चश्व रहेको छ । विभागका अनुसार कुल आयातको ७४।०८ प्रतिशत ईभी चीनबाट आयात भएको हो ।

चीनबाट सबैभन्दा धेरै ५ हजार ९०२ युनिट विद्युतीय कार आयात भएको छ । त्यसैगरी, भारतबाट २ हजार २३ युनिट आयात भएको छ । जर्मनीबाट ३१ वटा, अमेरिकाबाट ५ वटा, दक्षिण कोरिया र इन्डोनेसियाबाट ३र३ वटा विद्युतीय कार आयात भएको विभागले जनाएको छ ।

  :