२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

टाटाको पन्च बन्यो भारतमा सबैभन्दा बढी बिक्री हुने ईभी



काठमाडौं– आर्थिक वर्ष २०२५ मा भारतमा कुल १ लाख ९६ हजार युनिट बिक्री गर्दै टाटाको पन्च ईभीले सबैभन्दा बढी बिक्री हुने ईभीको स्थान हासिल गरेको छ। यो अघिल्लो आर्थिक बर्षको तुलनामा १६ प्रतिशतले बढी भएको बताइएको छ । अघिल्लो आर्थिक बर्षमा पन्च ईभी १ लाख ७० हजार युनिट बिक्री भएको थियो ।

यसै सेग्मेन्टमा महिन्द्राको एक्सयूभी थ्रीएक्सओले उल्लेखनीय वृद्धि गर्न सफल भएको छ। कम्पनीले निकट भविष्यमा यसको इलेक्ट्रिक भर्सन पनि ल्याउने योजना सार्वजनिक गरेको छ।

हुन्डाई क्रेटाले पनि २० प्रतिशतको वृद्धि गर्दै लगभग १ लाख ९५ हजार युनिट बिक्री गरेको छ। त्यसैगरी, मारुती सुजुकी ब्रेजाले ११ प्रतिशत वृद्धि गर्दै १ लाख ८९ हजार युनिट बिक्री गरेको छ।

  :