मंसिर २८, २०८२ शनिबार | Sat Dec 13 2025

चाँडै नै म्याक्सस ब्राण्डको दुई ईभी नेपाली बजारमा




काठमाडौं– हिमालय अर्गनाइजेसनले नेपाली बजारमा केही दिनमै सार्वजनिक गर्ने तयारी गरेको म्याक्सस ब्रान्डको र्इभी पिकअप ईटेरोनको मूल्य सार्वजनिक गरेको छ। उक्त पिकअपको अधिकतम खुद्रा मूल्य ९९ लाख ९० हजार रुपैयाँ तोकिएको छ।


यसअघि पारामाउन्ट मोटर्सले नेपाली बजारमा भित्र्याइरहेको म्याक्सस ब्रान्डका गाडी हिमालय अर्गनाइजेसनले ल्याउन लागेको हो।

ईटेरोन पिकअपमा १०२.२ किलोवाट आवर क्षमताको ब्याट्री छ। ब्याट्रीले फुल चार्ज गर्दा ४३० किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ। ब्याट्री ११५ किलोवाट क्षमताको डीसी फास्ट चार्जरले २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न ४२ मिनेट लाग्छ।

यस्तै ११ किलोवाट क्षमताको एसी चार्जरबाट १२ घन्टामा ५ देखि १०० प्रतिशतसम्म चार्ज हुन्छ। यसमा अगाडि १२५ किलोवाट र पछाडि २०० किलोवाट क्षमताको मोटर छ।

यसैगरी कम्पनीले मल्टिपर्पोज भेहिकल मिफाको मूल्य १ करोड २४ लाख ९० हजार रुपैयाँ तोकेको छ।

म्याक्सस मिफामा ९० किलोवाट आवरको ब्याट्री दिइएको छ । यसले सिंगल चार्जमा ६३५ किलोमिटर रेन्ज दिने बताइएको छ । ब्याट्रीलाई ३० मिनेटमा ३० देखि ० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । यसमा १८० किलोवाटको मोटर छ ।

  :