काठमाडौं– टाटा मोटर्सको उत्पादन नेक्सनको पछिल्लो इलेक्ट्रिक मोडल नेक्सन ईभीले फाइभ स्टार रेटिङ पाउन सफल भएको छ । नेपाली बजारमा टाटा नेक्सन के ३ ईभी नामले यो ईभी बिक्री भइरहेको छ । नेक्सन के ३ ईभीले भारतीय एनक्याबको क्रयास टेष्टमा फाइभ स्टारको रेटिङ पाएको हो ।
सन् २०२४ मा अपडेट भएको नेक्सनको यो मोडल नेपाली बजारमा भने सन् २०२५ को १ फेब्रुअरीमा लन्च भएको थियो । नयाँ नेक्सन ईभीमा ४५ किलोवाट अवारको ब्याट्री प्याक छ । यसमा ९८ किलोवाट क्षमतको मोटर जडान गरिएको छ । यसले ३५० देखि ३७० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ ।
यस ईभीमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट, १०.२५ इन्चको डिजिटलन इन्स्ट्रयुमेन्ट क्लस्टर, ठूलो पानारोमिक सनरुफ, मोर्डन ड्यासबोर्ड, नयाँ स्टेरिङ ह्वील, क्लोजअफ ग्रिलसहित ३६० डिग्री क्यामरा लगायत फिचर उपलब्ध छ । नेक्सन के–३ लाई इको, सिटी र स्पोर्ट गरी कुल तीनवटा मोडमा ड्राइभ गर्न सकिन्छ ।
टाटाले यसअघि नै आफ्नो ईभी लाइनअपको नेक्सन ईभी, पन्च ईभी र कर्भ ईभीमा भारतीय एनक्याप क्रयास टेस्टमा फाइभ स्टार रेटिङ पाइसकेको छ ।





प्रतिक्रिया