मंसिर २०, २०८२ शुक्रबार | Sat Dec 6 2025

चार महिनापछि नेपाली बजारमा लिपमोटरको बी–१०




काठमाडौं– नेपालमा लिपमोटरको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले आगामी साउनमा हुने नेपाल मोबिलिटी एक्सपोमा बहुप्रतीक्षित लिपमोटर बी१० सार्वजनिक गर्ने भएको छ ।

नाइमाले आगामी साउन २१ देखि २५ सम्म भृकुटी मण्डपमा नेपाल मोबिलिटी एक्सपो आयोजना गर्दैछ । केही दिन अगाडि मात्र चीनमा जारी सांघाई अटो शोमा सार्वजनिक गरिएको बी १० नेपालमा ४ महिनापछि नेपाल भित्रिन लागेको हो ।
यसले नेपालको इलेक्ट्रिक मोबिलिटीको भविष्यमा नयाँ परिवर्तन ल्याउने प्रतिबद्धता अझ बलियो बनाउने कम्पनीले विश्वास गरेको छ ।

लिपमोटरको ३।५ आर्किटेक्चरमा निर्मित बी१०, वातावरणप्रति सचेत र प्रविधिमैत्री उपभोक्ताहरू लागि डिजाइन गरिएको हो र यसले प्रदर्शन, नवप्रवर्तन र दिगोपनको उत्कृष्ट समिश्रण प्रदान गर्दछ।

बी १० एसयूभीमा ६७.१ किलोवाट आवरको ब्याट्री छ । यसले सिंगल चार्जमा ६०० किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ । यसमा ५६.२ किलोवाट आवरको ब्याट्री पनि रहने छ । यसमा १३२ र १६० किलोवाट आवरको ब्याट्री अप्सन पाउन सकिन्छ ।

  :