मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

काठमाडौं उपत्यकामा यामाहाको एक्सचेञ्ज अफर



काठमाडौं– यामाहा नेपालले बैशाख १४ गतेदेखि १९ गतेसम्म काठमाडौं उपत्यकाका सबै आधिकारिक शोरुमहरुमा दुई–पांग्रे सवारीसाधन पारखीका लागि एक्सचेन्ज अफर ल्याएको छ ।

यामाहा ब्लु फेस्टको सफलतापछि कम्पनीले फेरि एकपटक ग्राहकहरूलाई एक्सचेन्ज अवसर प्रदान गरेको हो । अफर अन्तर्गत जुनसुकै ब्रान्डको पुरानो सवारीसाधनमा न्यूनतम २५ हजारको भ्यालुएसन हुनेछ । एक्सचेन्ज भ्यालु अझ बढाउन थप १० हजारको अतिरिक्त भ्यालुएसन समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार धरौटीबिना नै सजिलो फाइनान्सिङ सुविधा सुविधा उपलब्ध हुनेछ । यामाहा लिन अहिलेसम्मकै सहज बनाउन केवल ७।९९ प्रतिशत व्याजदरमा सस्तो किस्ताबन्दी सुविधा उपलब्ध छ ।

यामाहाले नयाँ वर्ष २०८२ को अवसरमा ल्याएको थ्रील अफ थ्री अफर अन्तर्गत १ लाख रुपैयाँसम्मको स्योर शट छुट समेत प्राप्त हुनेछ ।

उपहारमा हेल्मेट, लेग गार्ड, फुट म्याट, स्पोर्ट्स ब्याग र बाइक कभरजस्ता निःशुल्क एसेसरिजहरू पाइने पनि कम्पनीले जनाएको छ ।

  :