मंसिर २०, २०८२ शुक्रबार | Sat Dec 6 2025

नेपाली बजारमा चाँडै जिकरको सेभेन एक्स एसयूभी



काठमाडौं– जिकरको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले जिकरको सेभेन एक्स प्रिमियम एसयूभी नेपाली बजारमा भित्र्याउने भएको छ । यस एसयूभीले अन्तर्राष्ट्रिय बजारमा निकै ठूलो सफलता हात पारेको छ ।


सेभेन–एक्स मोडलको रियर ह्वील ड्राइभमा ७५ किलोवाट आवरको ब्याट्री प्याक छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४८० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसको एक्सटेरियर डिजाइन पनि उत्कृष्ट छ । यस एसयूभीले ४८० किलोवाटसम्मको डीसी चार्जर सपोर्ट गर्छ भने एसी चार्जर पनि २२ किलोवाटको सपोर्ट गर्छ ।

सुरक्षित, आधुनिक र प्रविधियुक्त ड्राइभिङ अनुभवका लागि यसमा सुविधा रहेको छ । जुन आधुनिक जीवनशैलीलाई सहज र सुविधाजनक बनाउने गरी यो एसयूभी डिजाइन गरिएको छ।

  :