मंसिर २८, २०८२ शनिबार | Sat Dec 13 2025

एसएमएल इसुजु ग्राहक भेटघाट कार्यक्रम चितवनमा सम्पन्न




काठमाडौं– नेपालका लागि एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्शियल भेहिकलले ग्राहकसँगको सम्बन्ध अझ बलियो बनाउन चितवनमा ग्राहक भेटघाट कार्यक्रम २०२५ आयोजना गरेको छ ।

कम्पनीले चितवनको आधिकारिक डिलर ब्राण्डेड अटोमोबाइल प्रालिको सहकार्यका उक्त कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका उद्यमीसहित २०० बढी सहभागी थिए ।

लक्ष्मी कमर्शियल भेहिकलका सेल्स हेड सञ्जय खड्काले आगामी दिनमा अझ राम्रो बिक्री तथा सेवा प्रदान गर्नेब बताए । उनले ग्राहकको आवश्यकता अनुसार अझ उत्कृष्ट गाडी उपलब्ध गराउने र दीर्घकालीन रुपमा रुपमा राम्रो सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।


लक्ष्मी कमर्शियलले जापानी प्रविधिमा आधारित तथा भारतमा निर्मित एसएमएलले बस तथा ट्रकहरू बिक्री, सर्भिस र स्पेयर पार्टस एकैठाउँमा उपलब्ध गराउँदै आएको छ । विशेषगरी स्कुल बस सेग्मेन्टमा यो ब्रान्डले लामो समयदेखि अग्रणी स्थान कायम गरेको छ ।

  :