मंसिर २०, २०८२ शुक्रबार | Sat Dec 6 2025

नामी र सेरेस ईभीमा ‘प्रि बजेट ब्याश’ योजना, यस्ता छन् सुविधाहरु




काठमाडौं–नेपालको प्रमुख इलेक्ट्रिक गाडी ब्रान्डहरू डोङफेङ र सेरेसले बैशाख १८ देखि २२ गतेसम्म छोटो अवधिका लागि ‘प्रि बजेट ब्याश’ योजना ल्याएका छन् ।

यो अफर अन्तर्गत, ग्राहकहरूले नामी ब्रान्डको स्टाइलिश गाडी मात्र ५ लाख ९९ हजार रुपैयाँमा तथा पावरफुल सेरेस ईभी ८ लाख ।९९ हजार रुपैयाँमा आफ्नो घर लैजान सक्ने कम्पनीले जनाएके छ ।


यो अफर नेपालभर रहेका नामी र सेरेस शोरूमहरूमा लागू हुनेछ। अफर अन्तर्गत ग्राहकहरूले नयाँ ईभी गाडी एक्सपेरियन्स गर्न, टेस्ट ड्राइभ गर्न र पुराना गाडी साटफेर गर्ने एक्सचेन्ज क्याम्पमा सहभागी हुन सक्नेछन् जसले विद्युतीय गाडीमा स्विच गर्न अझ सजिलो बनाउनेछ।

नामीमा ग्राहकहरूले अधिकतम १ लाख रुपैयाँसम्मको विशेष लाभ पाउनेछन् भने सेरेसमा यो लाभ २ लाख रुपैयाँसम्म हुनेछ। दुवै गाडीमा छिटो डेलिभरीको सुविधा पनि उपलब्ध छ, जसअनुसार ग्राहकहरूले गाडीको चाबी केवल दुई वर्किङ डेमै प्राप्त गर्न सक्नेछन्।

यो अनुभवलाई अझ रमाइलो बनाउन अफर अवधिभर टेस्ट ड्राइभ गर्ने हरेक व्यक्तिलाई विशेष उपहार दिइनेछ। त्यस्तै, गाडी बुकिङ गर्ने हरेक ग्राहकले दुई जनाका लागि रोमान्टिक नाइट स्टे प्याकेज जित्ने निश्चित मौका पाउनेछन्।

यस अभियानमा दुईवटा रोचक लक्की ड्र पुरस्कार पनि रहेका छन्। गाडी बुकिङ गर्नेमध्ये एक भाग्यमानी जोडीले थाइल्याण्डको ट्रिप जित्नेछन् भने टेस्ट ड्राइभमा सहभागी हुने एकजना भाग्यमानीले बहुप्रतीक्षित आइफोन सिक्सटिन प्रो म्याक्स पाउने कम्पनीले जनाएको छ ।

  :