३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

बैशाख २६ देखि २८ सम्म काठमाडौंमा ‘काईयी एक्सचेन्ज कर्निभल २०८२





काठमाडौं– यही बैशाख २६ देखि २८ गतेसम्म काईयीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इ–मोबिलिटी र जीओ अटोमोबाइल्सले काठमाडौंमा ‘काईयी एक्सचेन्ज कर्निभल २०८२’ आयोजना गर्न लागेको छ।

वैशाख २६ देखि २८ गतेसम्म थापाथलीस्थित काईयी शोरूम (हुन्डाई शोरूमको अगाडि) मा आयोजना हुने यो कर्निभलमा ग्राहकले पुराना गाडी साटफेर गर्न सक्ने, विद्युतीय गाडीमा आकर्षक छुट पाउने र विभिन्न उपहार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

कार्यक्रममा काईयी ई–क्युट ०२, ई–क्युट ०४ र एक्स३ प्रो ईभी जस्ता मोडेलमा विशेष नगद छुट, बीमा तथा सडक कर निःशुल्क प्रदान गरिनेछ । साथै, पुराना गाडीको अन–द–स्पट मूल्यांकन गरिनेछ र मूल्यांकन गराउने ग्राहकले सिनेमा हेर्ने दुई टिकट निःशुल्क पाउनेछन् ।

काईयी कर्निभलमा ग्राहकले नयाँ गाडीको अनुभव लिने, परीक्षण ड्राइभ गर्ने, एक्सचेन्ज अफरमा सहभागी हुने र मनोरञ्जनात्मक गतिविधि समेतमा सहभागी हुने वातावरण तयार गरिएको आयोजकले जनाएको छ ।

संगीत, खेलकुद र रमाइलो कार्यक्रमहरूले भरिपूर्ण यो कर्निभल सामान्य किनमेलभन्दा बढी एक उत्सव हुने बताइएको छ ।

  :