मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

भिलेज हाइल्याण्ड रिसोर्ट दक्षिण एशियाकै उत्कृष्ट हिल स्टेसन रिसोर्टको उपाधिको प्रतिस्पर्धामा




काठमाडौं । भक्तपुरको सुर्यविनायक नगरपालिकाको सबैभन्दा उच्च स्थान दुई हजार मिटर उचाईमा रहेको रानीकोटस्थित भिलेज हाइल्याण्ड रिसोटको स्वच्छ र मनोरम वातावरण, रिसोर्ट परिसरबाट देखिने हिमश्रृंखलाका दृश्यहरुका कारण कसलाई पो आकर्षित गर्दैन र ? स्वदेशी तथा विदेशी पाहुनाहरुलाई यो रिसोर्टले आकर्षित गर्दै आएको छ ।

यस रिसोर्टमा पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरुले रानीकोटको प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक तथा धार्मिक सम्पदाहरुको अवलोकन समेत गर्न पाउने छन् ।

रानीकोटमा अवस्थित ‘भिलेज हाइल्याण्ड रिसोर्ट साउथ एसियन ट्राभल अवार्ड (साटा)मा दक्षिण एशियाकै उत्कृष्ट हिल स्टेसन रिसोर्टको उपाधिको लागि प्रतिस्पर्धामा उत्रिएको छ । यो गौरवपूर्ण उपलब्धिले केवल रिसोर्टको प्रतिष्ठालाई मात्र होइन, समग्र नेपाली पर्यटन उद्योगलाई अन्तर्राष्ट्रिय मञ्चमा उचाइमा पुर्‍याएको रिसोर्टका सञ्चालक रामसुन्दर बकेले बताए ।

यो सम्मान केवल म र मेरो टिमको लागि मात्र होइन, सम्पूर्ण नेपालको पहिचान र पर्यटनको सम्भावनाको लागि एक ठुलो अवसर हो। हामीले देशको मौलिकता, प्रकृति, र आतिथ्य संस्कृतिलाई समेटेर यो रिसोर्ट निर्माण गरेका हौं, बकेले भने ।

रिसोर्टको अग्रगमनलाई थप बलियो बनाउने उद्देश्यले सम्पूर्ण नेपालीहरूलाई साटा अवार्डमा मा यसलाई भोट गर्न अपील गरिएको छ। तपाईं पनि तल दिइएको लिङ्कमा गई Village Highland Resort – Best Hill Station  मा भोट दिन सक्नुहुन्छ ।

https://www.southasiantravelawards.com/home


यस रिसोर्टको परिसरबाट सगरमाथा, मकालु, चोयु, सिसापाङमा, मनास्लु, अन्नपुर्ण, माछापुच्छ्रे, धवलागिरी, लाङटाङ लगायतका हिमालहरु देख्न सकिन्छ । रिसोर्ट परिसरबाट चालिसभन्दा बढी प्रजातिका चराहरु समेत अवलोकन गर्न सकिन्छ ।रिसोर्टको कोठाहरुबाट नै काठमाडौं उपत्यकाका तीनै शहर काठमाडौं, ललितपुर र भक्तपुरका अधिकांश भागहरु अवलोकन गर्न सकिन्छ ।

  :