मंसिर १९, २०८२ बिहीबार | Fri Dec 5 2025

एक्सथ्री प्रोमा ६ लाख रुपैयाँसम्मको फाइदा पाउने स्कीम




काठमाडौं– काठमाडौंको थापाथलीमा सञ्चालन भईरहेको ‘‘केई एक्सचेन्ज कार्निभल’मा नेपालका लागि केईको आधिकारिक बिक्रेता लक्ष्मी इमोबिलिटी र जीओ अटोमोबाइलले केईको एसयूभी मोडल एक्सथ्री प्रोमा ६ लाख रुपैयाँसम्मको फाइदा पाउने स्कीम सार्वजनिक गरेका छन् ।

अहिले केई एक्सथ्री–प्रो मोडलको मूल्य ४५ लाख ९६ हजार रुपैयाँ छ । उक्त मूल्यमा ६ लाख ५ हजार बराबरको फाइदा उपभोक्ताले पाउने कम्पनीले जनाएको छ ।

कम्पनीले एक्सचेन्जमा आउनेलाई एक्सचेन्ज बोनस, नगद छुट, पूर्ण बीमा, वार्षिक करसँगै गाडी धुने मेसिनदेखि कपडा धुने बोस्चको वासिङ मेसिनसम्म दिने जनाएको छ । एक्सथ्री प्रो गाडी किन्ने ग्राहकले ६ लाख ५ हजार रुपैयाँ बराबरको फाइदा पाउने कम्पनीले जानकारी दिएको छ ।

यसमा ५३.६ किलोवाट आवरको ब्याट्री प्याक छ । यसले सिंगल चार्जमा ३३० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ। कम्पनीले यसमा ९९ किलोवाटको इलेक्ट्रीक मोटर दिएको छ ।

  :