मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

नाडाको पहलमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न



काठमाडौैं– नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले बैशाख २४ र २५ गते इन्स्योर परियोजनासँगको सहकार्यमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी दुई दिने तालिम प्रदान गरेको छ ।

तालिममा नाडाका १२ सदस्य कम्पनीका २० जना प्रशिक्षार्थीहरू सहभागी थिए । अटोमोबाइल वर्कशपहरूमा सुरक्षा, स्वास्थ्य र कल्याण सम्बन्धी चेतना र व्यवहारमा कसरी सुधार ल्याउन सकिन्छ भन्ने तालिमको उद्देश्य रहेको थियो । तालिममा प्रशिक्षार्थीहरुलाई नेपालका ओएसएच विज्ञ दिनेशप्रसाद साहले जोखिम व्यवस्थापन लगायत कार्यस्थलका जोखिमहरू, त्यसको रोकथामका रणनीतिहरू र अटोमोबाइल उद्योगमा सुरक्षा संस्कृति लगायत बारेमा प्रशिक्षण दिएका थिए ।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नाडाले इन्स्योरसँगको सहकार्यमा २ वर्षदेखि अटोमोबाइलसँग सम्बन्धित विभिन्न विषयहरूमा तालिम प्रदान गर्दै आएको हो । नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल र इन्स्योर परियोजनाका डेपुटी टिम लिडर संजीवकुमार राईले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र समेत वितरण गरेका थिए ।

  :