काठमाडौँ–आगामी आर्थिक वर्षमा विद्युतीय सवारीहरूमा कर वृद्धि गर्ने चर्चा चलेपछि नेपाल चेम्बर अफ कमर्सले बिद्युतीय सवारी साधनमा कर बढाउँदा आम नागरिकलाई असर पर्ने भएकाले कर नबढाउन अर्थ मन्त्रालयलाई हालै सुझाव दिएको छ ।
सोमबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी चेम्बरका पदाधिकारीहरुले बिद्युतीय माइक्रोबस, मिनिबस, ठुलाबस लगायतले वातावरण संरक्षणमा ठूलो योगदान दिनुका साथै स्वरोजगार प्रवद्र्धनलाई प्रोत्साहन गर्ने हुँदा सरकारले यो क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिएका हुन् ।
नेपालकै विद्युत खपत हुने मर्मत सम्भारमा पनि ठूलो खर्च नलाग्ने, पेट्रोलियम पदार्थको आयात पनि न्यूनीकरण हुने हुँदा आर्थिक गतिविधि विस्तारका लागि पनि विद्युतीय सवारीको ठूलो भूमिका रहेको उल्लेख गर्दै चेम्बरले ‘सार्वजनिक विद्युतीय माइक्रोबस, मिनिबस, ठुलाबस, ढुवानीका ठुला साधनहरू, कृषिजन्य तथा हेवी इक्युपमेन्टमा तत्कालका लागि युरो ६ मा नजान उपयुक्त हुने समेत सुझाव दिएको छ । ।आगामी बजेटमा आर्थिक क्षेत्रमा सम्बोधन गर्नुपर्ने १०० बुँदे सुझाव पत्र चेम्बरले अर्थ मन्त्रालयमा बुझाएको छ ।





प्रतिक्रिया