मंसिर २०, २०८२ शुक्रबार | Sat Dec 6 2025

चालू आवको नौ महिनामा २३ हजार ९ सय बढी ईभी आयात



काठमाडौं– भन्सार विभागले चालु आर्थिक वर्षको ९ महिनाको अवधीमा २४ अर्ब ५५ करोड रुपैयाँबराबरको २३ हजार ९ सय ३३ वटा विद्युतीय सवारी साधन आयात भएको जनाएको छ ।

गत बैशाख वैशाख महिनामा मात्रै ५ अर्ब ७३ करोड रुपैयाँ बराबरको विद्युतीय कार, जीप, भ्यान र माइक्रोबस आयात भएको विभागले जानकारी दिएको छ । सबैभन्दा बढी ५१ किलोवाटदेखि एक सय किलोवाटसम्मको विद्युतीय कार, जीप र भ्यान चीनबाट आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

चीनबाट ५१ किलोवाटदेखि एक सय किलोवाट क्षमताको ११ अर्ब ७७ करोड रुपैयाँबराबरको ४ हजार ५ सय ९७ वटा विद्युतीय कार, जीप र भ्यानसवारी साधन भित्रिएको छ ।

यस्तै ३ अर्ब ४० करोड ७५ लाख रुपैयाँबराबरको ५० किलोवाट क्षमताको १ हजार ९ सय विद्युतीय कार, जिप र भ्यान चीनबाट आयात भएको छ ।

चीनपछि सबैभन्दा बढी भारतबाट यस्ता गाडी आयात भएको छ । त्यस्तै १०१ किलोवाटदेखि २ सय किलोवाट क्षमताको २ अर्ब ७२ करोड ८५ लाख रुपैयाँबराबरको ८ सय ३४ वटा विद्युतीय सवारी साधन भित्रिएको छ । चालु आवको नौ महिनामा विद्युतीय कार र माइक्रोबस आयातमार्फत सरकारले १५ अर्ब ७४ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

  :