फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

महिन्द्राका दुई नयाँ ईभी चाँडै नै नेपाली बजारमा



काठमाडौं– महिन्द्राको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गतको अग्नि इनर्जीले बीई६ का २ र एक्स इभी ९ई का ३ भेरियन्ट नेपाली बजारमा भित्र्याउने भएको छ ।

ती ईभी भित्र्याउनु अगाडि कम्पनीले मूल्य पनि सार्वजनिक गरेको छ। बीई६ का दुई भेरियन्टको मूल्य क्रमशः ७६ लाख ३० हजार र ८३ लाख ८० हजार रुपैयाँ तोकिएको छ।

त्यसैगरी एक्स इभी ९ईका तीन भेरियन्टको मूल्य क्रमशः ७७ लाख ६५ हजार, ८७ लाख १५ हजार र १ करोड ७ लाख रुपैयाँ तोकिएको छ। यो मूल्य बिक्रीमा भने थपघट हुन्छ।

दुवै गाडीमा ९९ किलोवाटको मोटर छ। एक्स इभी ९ईको एउटा भेरियन्टमा भने १९९ किलोवाटको मोटर छ। कम्पनीले दुबै एसयूभीमा ५९ किलोवाट र ७९ किलोवाटसम्मका ब्याट्री प्याक उपलब्ध गराएको छ। भारतीय बजारमा ग्राहकहरुले निकै नै रुचाएका यी मोडल नेपाली बजारमा पनि धेरै ग्राहकको रोजाइमा पर्ने कम्पनीले दावी गरेको छ ।

  :