फाल्गुन ३०, २०८२ शनिबार | Sat Mar 14 2026

पारामाउन्ट मोटर्सले भित्र्यायो एमजीको विन्डसर ईभी, बजेटलगत्तै बिक्री शुरु




काठमाडौं– एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एमजी विन्डसर ईभी नेपाल भित्र्याउँदै यही महिनाको मध्यदेखि बिक्री शुरु गर्ने तयारी गरेको छ ।

एमजीले भारतमा उत्पादन गरेको दोस्रो मोडल विन्डसर ईभी हो । एमजीले भारतमा उत्पादन भएको कोमेट मिनी ईभी नेपालमा बिक्री गर्दै आएको छ ।

कम्पनीले बजेट लगत्तै बिक्री सुरू गर्ने विन्डसर एक्सक्लूसिप र इसेन्स गरी दुई भेरियन्टमा नेपाल भित्र्याएको हो । भन्सार प्रयोजनको लागि प्रकाशित मूल्य अनुसार एक्सक्लूसिपको मूल्य ३९ लाख ४९ हजार र इसेन्स भेरियन्टको मूल्य ४२ लाख ४९ हजार रहेका छन् ।

विन्डसर ईभीमा ३८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री र १०० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर छ । यस ईभीलाई सिंगल चार्जमा ३३१ किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।

  :