७ असार २०८३, आइतबार | Sun Jun 21 2026

कर्पोरेट हाउस, होटल, स्कुलका लागि उपयोगी एसआरएम ब्रान्डको ७ सिटर विद्युतीय भ्यान



काठमाडौं । एसआरएमको नेपालका लागि अधिकृत विक्रेता भीजी मोटर्सले काठमाडौंमा एक समारोहको आयोजना गरी एसआरएम ब्रान्डको ७ सिटर विद्युतीय भ्यान सार्वजनिक गरेको छ ।

५० किलोवाटको मोटर रहेको भ्यानले ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। भ्यानको मूल्य ३९ लाख रुपैयाँ तोकिएको छ। यो भ्यान कर्पोरेट हाउस, होटल, स्कुल लगायतलाई उपयोगी हुने कम्पनीको विश्वास छ।

नेपालभर कम्पनीका ७५ वटा चार्जिङ स्टेसन र २० भन्दा बढी सर्भिस सेन्टर रहेको पनि कम्पनीले जनाएको छ । यो भ्यानका स्पेयर पार्ट्सको मूल्य अरु इभीको तुलनामा ८० प्रतिशत कम पर्ने पनि कम्पनीले जानकारी दिएको छ ।

  :