मंसिर १९, २०८२ बिहीबार | Thu Dec 4 2025

यामाहा नेपालको अफर, एमटी– फिफ्टिन भर्सन टु किन्दा ज्याकेट उपहार




काठमाडौं– एमएडब्ल्यू राइड्सअन्तर्गत सञ्चालित भरोसायोग्य र उन्नत प्रविधियुक्त दुईपांग्रे ब्रान्ड यामाहा नेपालले एमटी– फिफ्टिन भर्सन टु खरिद गर्न चाहनेहरूलाई लक्षित गर्दै एक विशेष लिमिटेड टाइम अफर सार्वजनिक गरेको छ ।

एमटी– फिफ्टिन भर्सन टु खरिदमा प्रत्येक ग्राहकले उपहारस्वरूप एक प्रिमियम राइडिङ ज्याकेट पाउने यामाहा नेपालले जनाएको छ । जेठ १८ गतेदेखि सुरु भएको यो अफर नेपालभरिका सबै अधिकृत यामाहा शोरूमहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नगद वा सजिलो किस्ताबन्दी योजनामा बाइक किन्ने प्रत्येक नेपाली ग्राहकले ‘कवच’ ब्रान्डसँगको सहकार्यमा तयार गरिएको गुणस्तरीय र प्रिमियम राइडिङ ज्याकेट प्राप्त गर्नेछन् ।

अत्याधुनिक डिजाइन, टिकाउपन र सुरक्षालाई ध्यानमा राखेर ज्याकेट निर्माण गरिएको बताउँदै कम्पनीले यो अफर विशेष रूपमा एमटी– फिफ्टिन भर्सन टुका निलो र सेतो रंगहरूमा मात्र लागू हुने जनाएको छ ।

  :