७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

जिकर एक्सको मूल्य एकैपटक १० लाख घट्यो




काठमाडौं– कम्प्याक्ट लग्जरी एसयुभी जिकरले ८४ लाख ९९ हजार मूल्य तोकेर बिक्री गर्दै आएको जिकर एक्समा एकै पटक १० लाख रुपैयाँ मूल्य घटाएको छ ।

नेपालको लागि जिकर इन्टेलिजेन्ट टेक्नोलोजीको वितरक पायोनियर मोटो कर्पले जीकर एक्सको अधिकतम खुद्रा बिक्री मूल्य १० लाख रुपैयाँ घटाएको हो । अब जीकर एक्सको अधिकतम खुद्रा बिक्री मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको हो ।

कम्पनीले बिक्री मूल्य १० लाख रुपैयाँले घटाउनुका साथै एक्सचेन्ज बोनस, अटो प्लस इन्स्योरेन्स, १ वर्षको रोड ट्याक्स र ७ किलोवाटको चार्जर समेत दिने भएको छ । सन् २०२४ को युरो एनक्यापमा जिकर एक्स दुई विधामा विजेता बन्ने एक मात्र ईभी हो ।

  :