काठमाडौं– विश्व वातावरण दिवसको अवसर पारेर ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो कर्पोरेट कार्यालय, कमलादीमा विद्युतीय सवारी साधन (इभी) चार्ज गर्न चार्जिङ स्टेशन स्थापना गरेको छ ।
बैंकले स्थापना गरेको चार्जिङ स्टेशनमा ४० किलोवाट क्षमताको सिसिएसटू सिगंल गन राखिएको छ । उक्त चार्जिङ स्टेसनको बैंकका संचालक कृष्णप्रसाद शर्मा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेका थिए।
उक्त चार्जिङ स्टेशनमा बैंकमा सेवाको लागि आउने ग्राहक र बैंकको कर्मचारीहरुलाई आफ्नो इभी गाडी चार्ज गर्न व्यवस्था गरिएको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोगकर्ता बढेसंगै बैंकमा आउने ग्राहकहरुको सवारी साधनलाई लक्षित गरी बैंकले चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंकले सञ्चालन गरेको इभि चार्जिङ स्टेशनलाइै अन्य बैंक तथा वित्तीय संस्थाहरुले समेत अबलम्बन गर्ने विश्वास व्यक्त गरिएको छ । उक्त कार्यक्रममा बैंकका उच्च पदस्थ कर्मचारी र गाडी चार्जको प्रतिनीधीहरुको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया