मंसिर २८, २०८२ शनिबार | Sat Dec 13 2025

सबै गाडीको लोन टु भ्यालु रेसियो ८० प्रतिशत पुर्याउन नाइमाको सुझाव



काठमाडौं– नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन .नाइमा) को प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरी आगामी मौद्रिक नीतिमा समावेश गर्ने नीतिका बारेमा विभिन्न सुझावहरु दिएको छ ।

नाइमाले सबैखाले सवारी साधनको लोन टु भ्यालु रेसियो ८० प्रतिशत पु¥याउन समेत माग गरेको छ ।
विद्युतीय र इन्जिन दुवै प्रकारका सवारी साधनका लागि लोन टु भ्यालु रेसियो ८० प्रतिशत लागू गरे उपभोक्ताको पहुँच बढ्ने, अटो बजार विस्तार हुने र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने नाइमाको भनाइ छ ।

नाइमाले वित्तीय अनुशासन र आर्थिक वृद्धिमा राष्ट्र बैंकले लिएको अग्रसरतालाई सकारात्मक रुपमा लिँदै सवारी साधन कर्जा सम्बन्धी कर्जा अनुपातलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप पुनरावलोकन गर्न आग्रह गरेको छ।

नाइमाले चिनियाँ उत्पादनको सवारी साधन आयातका क्रममा युआनमा एलसी खोल्न हालको सिमित प्रणाली पुनः परीक्षण गर्न आग्रह गरेको छ।

हालको व्यवस्था अनुसार, लाभग्राही कम्पनी चीनमा नभएमा युआनमा एलसी खोल्न नपाइने प्रावधान छ ।
नाइमाले सवारी साधन कर्जामा जोखिम भारित सम्पत्तिको दर हालको १०० प्रतिशतबाट घटाएर ७५ प्रतिशत गर्नुपर्ने सुझाव दिएको छ ।

  :