चैत्र ३, २०८२ मंगलबार | Tue Mar 17 2026

जेभियर इन्टरनेशनल स्कुललाई एकैपटक १३ फोटोन माउन्टेन भ्यान हस्तान्तरण




काठमाडौं– एमएडब्लू वृद्धि कमर्सियल भेइकलले जेभियर इन्टरनेशनल स्कुललाई एक कार्यक्रमका बीचमा एकैपटक १३ वटा नयाँ फोटोन माउन्टेन इलेक्ट्रिक भ्यानहरू हस्तान्तरण गरेको छ ।

एमएडब्लू वृद्धिका सीईओ तुषार गुप्ता र सेल्स हेड नवीन आचार्यले उक्त विद्युतीय भ्यानहरुको साँचो विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

फोटोन माउन्टेन ईभीमा १३० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । जसले ३३० एनएम सम्मको टर्क दिन्छ । यसमा ५३.५८ किलोवाटको सीएटीएल ब्याट्री छ ।

फोटोन माउन्टेन ईभीको उत्कृष्ट प्रदर्शन, न्यून सञ्चालन लागत र शून्य प्रदूषण क्षमताले यसलाई विद्यालय यातायातका लागि आदर्श विकल्प बनाएको कम्पनीले जनाएको छ । एमएडब्लू वृद्धिका सीईओ गुप्ताले विद्यालयलाई नयाँ सोच कार्यान्वयन गरेकोमा धन्यवाद दिएका छन् ।

  :