काठमाडौं– एमएडब्लू वृद्धि कमर्सियल भेइकलले जेभियर इन्टरनेशनल स्कुललाई एक कार्यक्रमका बीचमा एकैपटक १३ वटा नयाँ फोटोन माउन्टेन इलेक्ट्रिक भ्यानहरू हस्तान्तरण गरेको छ ।
एमएडब्लू वृद्धिका सीईओ तुषार गुप्ता र सेल्स हेड नवीन आचार्यले उक्त विद्युतीय भ्यानहरुको साँचो विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
फोटोन माउन्टेन ईभीमा १३० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । जसले ३३० एनएम सम्मको टर्क दिन्छ । यसमा ५३.५८ किलोवाटको सीएटीएल ब्याट्री छ ।
फोटोन माउन्टेन ईभीको उत्कृष्ट प्रदर्शन, न्यून सञ्चालन लागत र शून्य प्रदूषण क्षमताले यसलाई विद्यालय यातायातका लागि आदर्श विकल्प बनाएको कम्पनीले जनाएको छ । एमएडब्लू वृद्धिका सीईओ गुप्ताले विद्यालयलाई नयाँ सोच कार्यान्वयन गरेकोमा धन्यवाद दिएका छन् ।









प्रतिक्रिया