फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

निसान एन–७ ले ५० दिनमै पायो २० हजार युनिट अर्डर



काठमाडौं– जापानीज कम्पनी निसानले डोङफेङसँगको सहकार्यमा निर्माण गरेको विद्युतीय कार एन–७ ले बिक्री सुरु भएको ५० दिनमै २० हजार युनिट अर्डर पाउन सफलता हासिल गरेको छ ।

गत अप्रिल २७ मा सार्वजनिक भएको एन–७ को सुरुवाती मूल्य चीनमा १४ हजार डलर तोकिएको छ । निसान एन–७ मा ५८ र ७३ किलोवाट आवर क्षमताको व्याट्रि प्याक तथा १६० किलोवाट र २०० किलोवाट क्षमताको मोटरसहित दुईवटा पावरट्रेन छ । यस बिद्युतीय कारले सिंगल चार्जमा ३१० देखि ६३५ किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ ।

यस कारले सबै भन्दा बढि अर्डर टप स्पेक भेरिएन्ट म्याक्सका लागि प्राप्त गरेको जनाइएको छ । हाई टेक फिचर र अधिकतम रेन्जका कारण कुल अर्डरको ६० प्रतिशत हिस्सा टप स्पेक भेरिएन्टले ओगटेको हो ।

  :