काठमाडौं– जापानीज कम्पनी निसानले डोङफेङसँगको सहकार्यमा निर्माण गरेको विद्युतीय कार एन–७ ले बिक्री सुरु भएको ५० दिनमै २० हजार युनिट अर्डर पाउन सफलता हासिल गरेको छ ।
गत अप्रिल २७ मा सार्वजनिक भएको एन–७ को सुरुवाती मूल्य चीनमा १४ हजार डलर तोकिएको छ । निसान एन–७ मा ५८ र ७३ किलोवाट आवर क्षमताको व्याट्रि प्याक तथा १६० किलोवाट र २०० किलोवाट क्षमताको मोटरसहित दुईवटा पावरट्रेन छ । यस बिद्युतीय कारले सिंगल चार्जमा ३१० देखि ६३५ किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ ।
यस कारले सबै भन्दा बढि अर्डर टप स्पेक भेरिएन्ट म्याक्सका लागि प्राप्त गरेको जनाइएको छ । हाई टेक फिचर र अधिकतम रेन्जका कारण कुल अर्डरको ६० प्रतिशत हिस्सा टप स्पेक भेरिएन्टले ओगटेको हो ।





प्रतिक्रिया