काठमाडौं– यात्री मोटरसाइकल्सले अब सिप्रदी ट्रेडिङसँग मिलेर ‘मेड इन नेपाल’ इलेक्ट्रिक स्कुटर बनाउने भएको छ ।
केही समय अगाडि नै यात्रीले सिप्रदीसँग सहकार्य गर्ने जानकारी सार्वजनिक गरेको थियो ।
यात्रीका उत्पादन विकास, निर्माण र प्रवद्र्धन गर्नका लागि यात्री र सिप्रदीबीच गत वर्षको असार महिनामा सम्झौता भएको थियो । यात्रीले निर्माण गरेको मोटरसाइकलको नाम पी१ थियो भने स्कुटरका लागि पी२ नाम दिइएको छ । टिमको अथक मेहनत पश्चात आन्तरिक रुपमा ‘पी२ डिजाइन प्रस्तुतीकरण’ गरिएको यात्रीले जनाएको छ ।
नयाँ पी२ प्लेटफर्मको बारेमा आफूहरु निकै नै उत्साही रहेको यात्री मोटरसाइकल्सको स्पष्टोक्ति छ ।









प्रतिक्रिया