मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

एलएस अटोको २ नयाँ मोडल ईभी नाइमा एक्स्पोमा प्रदर्शन गरिने




काठमाडौं– एलएस अटोको नेपालका लागि आधिकारिक वितरक नेक्सन भेन्चर प्रालिले आगामी साउन २१ देखि २५ सम्म काठमाडौंमा हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा २ नयाँ मोडल ईभी प्रदर्शन गर्ने तयारी गरेको छ ।

नेक्सन भेन्चरले एलईभी ०५ र एलईभी एक्स गरी दुई नयाँ मोडल भित्र्याउन लागेको हो । नेक्सन भेन्चरले एलएस अटोको नयाँ शोरुम तीनकुने एयरपोर्ट कार्गो टर्मिनल अगाडि सञ्चालनमा ल्याएको छ ।
एलईभी ०५ प्रिमियम ह्याचब्याक सेग्मेन्टका इलेक्ट्रिक कार हो । यसको लम्बाइ ४२०० एमएम, चौडाइ १७७० एमएम र उचाइ १६१० एमएम छ ।

एलईभी ०५ मा ५० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर र एलईभी ०५ मा ५६ किलोवाट आवरको एलएफपी ब्याट्रीप्याक छ । जसले सिंगल चार्जमा ४०० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ । यो कारलाई ६० किलोवाटको डीसी फास्ट चार्जर र ७ किलोवाटको एसी चार्जरले चार्ज गर्न सकिन्छ ।

एलईभी एक्समा मोटर पावरको साथै केही फिचर थप भएर आउने छ । एलईभी एक्समा फ्रन्ट र रियर गरी २०० किलोवाटको मोटर र ७७ किलोवाट आवरको ठूलो साइजको ब्याट्रीप्याक रहेको छ ।

  :