काठमाडौं– दिपल ईभीको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले निश्चित समयका लागि आकर्षक ग्राहकमैत्री स्किम ‘ड्राइभ नाउ, पे लेटर’ ल्याएको छ ।
यो स्किमअन्तर्गत दिपलको प्रिमियम ईभी खरिद गर्ने ग्राहकले पहिलो ६ महिनाको मासिक किस्ता तिर्नुपर्ने छैन । यो योजना दिपल एस०७, दिपल एस०७ एल र दिपल एल०७ मा उपलब्ध हुने पनि कम्पनीले जनाएको छ । ग्राहकले ६ महिनाको मासिक किस्ता निशुल्क पाउनुका साथै आफ्नो पुरानो कारमा बजारकै उत्कृष्ट रिकन्डिसन भ्यालु, निशुल्क अटो प्लस इन्स्योरेन्स, निशुल्क ७ किलोवाट वाल चार्जर र ३ किलोवाटको ट्राभल चार्जर र ८२÷८३ सालको निशुल्क सडक कर समेत प्राप्त गर्ने पनि कम्पनीले जनाएको छ ।
एक वर्षअघि नेपालमा सार्वजनिक भएपछि हालसम्म ९०० युनिटभन्दा बढी दिपल ईभी विक्री भइसकेको कम्पनीले जानकारी दिएको छ ।





प्रतिक्रिया