काठमाडौं– सुदूरपश्चिम प्रदेशको धनगढीमा नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ क्रेटा ईभी एक विशेष समारोहका बीच सार्वजनिक गरेको छ ।
सो अवसरमा कम्पनीले विशेष अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल र धनगढीको हुन्डाईको आधिकारिक डिलर दिनेश फोर ह्वीलस् प्रालिको संयुक्त आयोजनामा विशेष अन्तरक्रिया कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा हुन्डाईको नयाँ क्रेटा ईभी सार्वजनिक गर्नुका साथै हुन्डाईका अरू नयाँ मोडलहरू पनि प्रदर्शन गरिएको थियो ।
गुणस्तरीय सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कका कारण हुन्डाई नेपालले सम्पूर्ण उपभोक्ताहरूको मन जित्दै आएको कम्पनीले जनाएको छ ।
धेरैलाई ईभी खरीद गर्दा स्पेयर पाट्र्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा शंका हुने गर्दछ। तर हुन्डाई नेपालले देशमै क्रेटा आइसीई, पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको र क्रेटा ईभी तथा आइसीई दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकोले गाडी खरिद पछिको सेवा सुविधामा अब कुनै पनि समस्या नरहेको कम्पनीको भनाइ छ ।
लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टमलाई अझै मजबुत बनाउन देशभर रिल्याक्स चार्जिङको नेटवर्क विस्तार गरिरहेका छ । हाल देशका विभिन्न ठाउँमा डीसी र एसी गरी ६६ स्थानमा रिल्याक्स सेन्टर संचालनमा आइसकेका छन् । हुन्डाई नेपालले देशमै क्रेटा आइसी, पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको र क्रेटा ईभी तथा आइस दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकाले गाडी खरिद पछिको सेवा सुविधामा अब कुनै पनि समस्या नहुने कम्पनीले जनाएको छ ।
लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टमलाई अझै मजबुत बनाउन चार्जिङको नेटवर्क विस्तार गरिरहेको बताइएको छ । जस अन्तर्गत अहिले नै देशभरका विभिन्न ठाउँहरुमा रिल्याक्स डिसी एसी ६६ चार्जर सुचारु भइसकेको कम्पनीले जनाएको छ ।





प्रतिक्रिया