मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

ओमोडा/जेकोमा ‘मेगा मनसुन अफर




काठमाडौं– चिनियाँ इलेक्ट्रीक अटोमोवाइल ब्राण्ड ओमोडा/जेकोको नेपालको लागि आधिकारिक वितरक एसपीजी अटोमोवाइलले ओमोडाजेकोमा ‘मेगा मनसुन अफर’ ल्याएको छ । जुन अफर अन्तर्गत ओमोडा/जेको गाडी किन्नेले एक वर्षसम्म ब्याज तिर्नु नपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले मंगलबारदेखि सुरु गरेको मेघा मनसुन क्याम्प अन्तर्गत २० प्रतिशत डाउन पेमेन्टमै ओमोडा र जेकोका गाडीहरु खरिद गर्न सकिनेछ । कम्पनीले २० प्रतिशत डाउन पेमेन्टका साथै १ वर्षसम्मको किस्तामा ब्याजसमेत तिरिदिने सुविधा दिएको हो ।

यस स्कीममा ओमोडा÷जेकोका गाडी किन्नेले १ वर्षको अटो प्लस इन्स्योरेन्स, ७ किलोवाटको चार्जर, नगद छुट र एक्सचेन्ज बोनस पनि पाउने पनि कम्पनीले जानकारी दिएको छ ।

  :