काठमाडौं– टाटा मोटर्सका बिद्युतीय ट्याक्सी किन्नका लागि सिद्धार्थ बैंक लिमिटेडले कर्जा सुविधा प्रदान गर्ने भएको छ ।
सिद्धाथै बैंक र टाटाका लागि नेपालमा आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि बीच विद्युतीय ट्याक्सी कर्जा सुविधा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार सिप्रदी ट्रेडिङमार्फत टाटा मोटर्स अन्तर्गतका विद्युतीय ट्याक्सी खरिद गर्ने ग्राहकहरूले सिद्धार्थ बैंकबाट छिटो, सहज र सुलभ ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने छन् ।
उक्त कर्जाको अवधि ५ वर्ष रहने छ । यस सम्झौतामार्फत दिगो बैंकिङ अभ्यासलाई प्रवद्र्धन गर्दै वातावरणमैत्री विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्ने बैंकले विश्वास लिएको छ । थप जानकारीका लागि ग्राहकले बैंकको २४ सै घण्टा सञ्चालन हुने ग्राहक केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गरेर जानकारी लिन सक्ने पनि बैंकले जानकारी दिएको छ ।









प्रतिक्रिया