काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यही भदौ ३ देखि ८ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको ‘नाडा अटो शो २०२५’ का लागि स्टल बाँडफाँड सम्पन्न भएको छ ।
अटो शोमा चार पांग्रे सवारीका १८ वटा स्टल, दुई पांग्रेको ४ वटा, लाइट कर्मर्शियल भेहिकलका १३ वटा र अटो कम्पोनेन्टहरुका ४० वटाभन्दा बढी स्टल रहने नाडाले जनाएको छ । यो संस्करणमा मेड इन नेपाल पभिलियन, विन्टेज कार पभिलियन, अटो डायलग (नीति र प्रवृत्ति सम्बन्धी संवाद), इटेरी, क्याफेलगायत विशेष आकर्षण हुनेछ । नाडा अटो शो को टाइटल स्पोन्सर एमएडब्ल्यू ग्रुप अफ कम्पनी रहनेछ ।
अटो शोमा यसपटक चार पांग्रेमा दिपाल, अवतार, डोङफेङ, नामी, सेरेस, सुजुकी, टेस्ला, एवोन, एक्सपेङ, रिडारा, स्काईवेल, बीवाईडी, फोटोन, विएडब्लु ब्रम्वी, जेवाई एयर, विलाभल, एलएस अटो र जिनपेङका स्टल रहनेछन् । यस्तै दुई पांग्रेमा हिरो, रोयल इनफिल्ड, जोनसेन र यामाहा तथा लाईट कमर्सियलतर्फ न्यू गोनाउ, डिएफएसके, डोङफेङ, कामा, फोटोन, सोकोन, सिजी केवाईसी÷किङलङ, मोन्त्र, स्काईवर्थ, काईन्यू, कावे÷नभेको र सनलङ ब्रान्डले स्टल बुक गराएका छन् ।
यसैगरी कम्पोनेन्टतर्फ एसियन, गल्फ, डकहाम्स, एटिएस एल्गि, मिशेलिन, एसटिसी राइड÷इनर्जी, सिएट, जेके, मानाटेक, टाटा ग्रिन, टोटल इनर्जिज, म्याक र पिएलओ लगायत ब्रान्डले स्टल बुक गराएका छन् ।









प्रतिक्रिया