काठमाडौं– ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले मनसुनलाई लक्षित गरेर ‘मनसुन चेकअप क्याम्प’ योजना सार्वजनिक गरेको छ। यो अफर असार २५ देखि २७ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।
चुनौतीपूर्ण अवस्थाका लागि तयार पार्न र मनसुन सिजनमा गाडीको उत्कृष्ट कार्यसम्पादन र सुरक्षा सुनिश्चित गर्न ‘मनसुन चेकअप क्याम्प’ योजना ल्याएको कम्पनीले स्पष्ट पारेको छ ।
कम्पनीका अनुसार चेकअप क्याम्पमा ग्राहकले आकर्षक अफरको लाभ लिन सक्नेछन्। गाडीको सहजता र सुरक्षा कायम राख्नका लागि सर्भिसिङ र ब्रेक प्याड परिवर्तन गर्दा श्रमिकको ज्यालामा १००५ छुट हुनेछ। टप वासमा पनि एक सय प्रतिशत छुट छ। ग्राहकले सस्पेन्सन पार्ट्समा आवश्यक पाटपूर्जा फेरबदल गर्दा श्रमिकको ज्यालामा ५०५ छुट प्राप्त गर्नेछन्। स्पेयर पार्ट्समा १० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ। ।
ग्राहकहरूलाई आफु नजिकै गुणस्तरीय र आधिकारिक सेवा प्राप्त गर्न सहज बनाउँदै, मनसुन चेक(अप क्याम्प, ओमोडा एन्ड जेइकोको देशव्यापी रहेका विभिन्न आधिकारिक सर्भिस सेन्टरमा एकै साथ सञ्चालन हुने कम्पनीले जनाएको छ ।
देशभर विभिन्न १२ वटा सर्भिस सेन्टरमा चेकअप क्याम्प आयोजना हुँदैछ । काठमाडौँ उपत्यकाभित्र सीतापाइला (एसपीजी अटोमोबाइल्स) र भक्तपुर (परिवार कार क्लिनिक) तथा उपत्यका बाहिर वीरगंज (दर्शी अटोमोबाइल्स), बुटवल (सिद्धि विनायक मोटर्स), नेपालगञ्ज (देवमंगल इन्जिनियरिङ) र चितवन (युनाइटेड अटो कन्सर्न), धनगढी (नवदुर्गा टेक्नोलोजी), पोखरा (एलिट मोटर्स), इटहरी (पाथीभरा अटो), विर्तामोड (ओपी इन्टरनेसनल), दाङ (एनएल मोटो कर्प), र सुर्खेत (बुटवल भेराइटी) मा मनसुन चेकअप क्याम्प सञ्चालन हुने कम्पनीले जनाएको छ ।





प्रतिक्रिया