१० असार २०८३, बुधबार | Wed Jun 24 2026

बीवाइडीको सीलायन ७ को ब्लाइन्ड बुकिङ खुला




काठमाडौं– बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले बीवाइडीको नयाँ ईभी सीलायन ७ को ‘ब्लाइन्ड बुकिङ’ खुलाएको छ ।

कम्पनीका अनुसार अहिले उक्त गाडी ब्लाइन्ड बुक गर्ने ग्राहकहरुले ७० हजार रुपैयाँको नगद लाभ उठाउन सक्नेछन् तर त्यसका लागि पहिले ग्राहकले ७० हजार रुपैयाँ टोकन मनी दिएर ब्लाइन्ड बुकिङ गर्नुपर्ने छ। बीवाइडी नेपालले त्यसमा अतिरिक्त ७० हजार थपिदिएर कुल बुकिङ अमाउन्ट १ लाख ४० हजार हुनेछ।

साथै यसरी बुक गर्ने ग्राहकहरुले ब्याट्रीमा १० वर्ष वा २ लाख किलोमिटर र एन्सिलरी अर्थात लो भोल्टेज एलएफपी ब्याट्रीमा ७ वर्ष वा १ लाख ५० हजार किलोमीटर वारेन्टी पाउने पनि कम्पनीले जनाएको छ ।


यो ईभीमा ७२ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक छ भने १०० किलोवाट क्षमताको मोटर पावर उपलब्ध छ। यसमा एक पटकको फुल चार्जमा गाडीले ५०० किलोमिटरभन्दा धेरै रेन्ज दिने कम्पनीले जनाएको छ ।

  :