मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

एक महिनामा १ लाख ११ हजारभन्दा बढी सवारी ट्राफिक कारवाहीमा



काठमाडौं– गत जेठ महिनामा मात्र १ लाख ११ हजार १९२ सवारी ट्राफिक कारबाहीमा परेको नेपाल प्रहरीले जनाएको छ । उक्त कारबाहीबाट ९ करोड ४१ लाख ३० हजार ७०६ रुपैयाँ राजस्व संकलन गरिएको छ ।

प्रहरीका अनुसार तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन, जथाभावी हर्न बजाउने, ओभरटेक गर्ने, लेन क्रस गर्ने, ओभरलोड बोक्ने, तोकिएका कागजात नबोक्ने लगायतलाई कारबाही गरी जरिवाना तिराइएको हो ।
त्यस्तै, जेठ महिनामा २ हजार ९११ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ४ हजार ४१६ वटा सवारी साधन परेका छन् ।

जेठमा सवारी दुर्घटनामा २१५ जनाको मृत्यु, ५८० गम्भीर घाइते र ३ हजार ६६० जना साधरण घाइते भएका छन् ।

जेठमा सबैभन्दा धेरै २ हजार ४५७ वटा (५५.६४ प्रतिशत) मोटरसाइकल दुर्घटनामा परेका छन् । त्यस्तै, १९९ बस, ८१० जीप, कार, ३०२ ट्रक, ट्रयाक्टर, २२९ टैम्पो, १२ डोजर, लोडर, २५२ साइकल दुर्घटनामा परेका हुन् ।

सबैभन्दा बढी मध्याह्न १२ बजेदेखि साँझको ६ बजेको समयमा बढी सवारी साधन दुर्घटनामा परेका प्रहरीको तथ्याङ्कले देखाएको छ । यस समयमा १ हजार ७३ सवारी साधन दुर्घटनामा परेका हुन् ।

  :