काठमाडौं– टाटा मोटर्सले आफ्ना पछिल्ला लोकप्रिय दुई ईभी नेक्सन र कर्भ ईभीको ब्याट्रीमा लाइफ टाइम वारेन्टीको घोषणा गरेको छ ।
यो वारेन्टी ४५ किलोवाटको ब्याट्री भएको नेक्सन र कर्भ ईभीको ब्याट्रीप्याकमा लागू हुने टाटा मोटर्सले जनाएको छ । अब यी दुई ईभीमा ग्राहकले १५ वर्ष वा अनलिमिटेड किलोमिटरको वारेन्टी पाउने कम्पनीले जनाएको छ । यसअघि टाटाले आफ्ना सबै ईभीहरूमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी दिँदै आएको थियो ।
कम्पनीले केही दिन अगाडि लन्च गरेको बिद्युतीय एसयुभी ह्यारियर ईभीको ब्याट्रीमा यस अगाडि नै लाइफटाईम वारेन्टी प्रदान गर्ने घोषणा गरेको थियो । लाइफ टाईम वारेन्टी प्रदान गरिएका टाटा नेक्सन र कर्भ ईभी नेपाली बजारमा समेत उपलब्ध छन् ।
टाटा मोटर्सको नयाँ स्कीमसँगै अब ग्राहकहरूलाई टाटा मोटर्सका ईभीहरूप्रति थप विश्वास बढ्ने अपेक्षा कम्पीले गरेको छ ।









प्रतिक्रिया