मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

११ लाखभन्दा कम मूल्यमा सनसाइन मिनी कार, अन्य छुट पनि




काठमाडौं– हिमालयन ईभी प्रालिले सस्तो मिनी कारको बिक्री शुरु गरेको छ । सहरी क्षेत्रको यात्राको लागि उपयुक्त हुने एनयू ब्राण्डको ‘सनसाइन’ नामक मिनी कारको मूल्य १० लाख ९० हजार रुपैयाँ तोकिएको छ ।


यसमा अन्य ब्राण्डको मिनी कारको जस्तो ३ वटा ढोका नभई ५ वटै ढोका छन् । चालकसहित ४ जनाले आरामदायी यात्रा गर्न सक्ने मिनी कारको लम्बाइ २९५० एमएम, चौडाइ १५२० एमएम र उचाइ १६२० एमएम छ । यो मिनी कारमा १० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । उक्त मोटरलाई पावर दिन ६ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ ।

एनयू सनसाइन कारको अधिकतम गति ४८ किलोमिटर प्रतिघण्टा छ । साथै, यसको सिंगल चार्ज रेन्ज १०० किलोमिटरसम्म रहेको कम्पनीको रहेको छ । यसमा इनर्जीको लागि ब्याट्रीसँगै ब्याट्री चार्ज गर्न पेट्रोल जेनेरेटर उपलब्ध छ ।

सनसाइन मिनी कारलाई ब्याट्री र पेट्रोल दुबै इनर्जीबाट चलाउन सकिन्छ । कारमा रहेको ब्याट्री सकिएमा पेट्रोल जेनेरेटर चलाएर गाडी गुडाउँदै चार्ज गर्न पनि सकिन्छ । सनसाइन मोडलमा १ वर्षको इन्स्योरेन्स, १ वर्षको वार्षिक कर, १० हजारदेखि १ लाखसम्मको क्यास कुपन पनि प्रदान गर्ने पनि कम्पनीले जनाएको छ ।

  :