मंसिर २८, २०८२ शनिबार | Sat Dec 13 2025

बुटवलको तिलोत्तमामा नेपालकै ठूलो चार्जिङ स्टेशन सञ्चालनमा




काठमाडौं– बुटवलको तिलोत्तममा अहिलेसम्मको नेपालको सबैभन्दा ठूलो ईभी चार्जिङ स्टेशन खुलेको छ । शशिला मोटर्सले सञ्चालनमा ल्याएको उक्त चार्जिङ स्टेशनमा एकैपटक १४ वटा गाडी चार्ज गर्न सकिने क्षमता रहेको बताइएको छ ।

१००० केभिए क्षमताको यो चार्जिङ स्टेशनको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले उद्घाटन गरेका हुन् । चार्जिङ स्टेशनको उद्घाटन गर्दै खाँणले विद्युतीय सवारी साधनको प्रयोग र त्यसको प्रवद्र्धनमा सहयोग पुग्ने कार्य हुनु सह्रानीय रहेको बताए ।

कार्यक्रममा शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले नेपालमा विद्युतीय सवारी साधनहरुको प्रयोग उल्लेख्य रुपमा बढे पनि सो अनुपातमा चार्जिङ सुविधा उपलब्ध नभएको भन्दै त्यही समस्या समाधानको लागि आफूहरुले पहल गरेको बताए । यस चार्जिङ स्टेशनमार्फत इलेक्ट्रिक बस, कार, भ्यान लगायत सबै प्रकारका ईभीहरूले सेवा पाउने कम्पनीले जनाएको छ ।

  :