मंसिर २८, २०८२ शनिबार | Sat Dec 13 2025

नेपाल भित्रियो किया ईभी ५




काठमाडौं–आगामी साउन २१ गतेदेखि काठमाडौंमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सार्वजनिक गर्ने योजनाका साथ नेपालका लागि किया मोटर्सको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले कोरियन अटोमोबाइल कम्पनी किया मोटर्सले चीनमा उत्पादन गरेको नयाँ इलेक्ट्रीक एसयूभी किया ईभी ५ नेपाल भित्र्याएको छ । किया ईभी ५ को डेमो युनिट बीरगञ्ज भन्सारमा जाँचपास प्रक्रियामा रहेको कम्पनीस्रोतले जनाएको छ ।


कियाको मिडसाइज क्रसओभर एसयूभी सन् २०२३ मा लन्च भएको थियो । कियाले पछिल्लो सयमका ईभी मोडलहरू ईभी ६ र ईभी ९ पछि ईभी ५ लन्च गरेको थियो । चीनमा उत्पादन भएर अन्तर्राष्ट्रिय बजारमा निर्यात भएको कियाको ईभी ५ पहिलो मोडल हो ।

कियाको अपोजिट युनाइटेड डिजाइन ल्याङ्वेजमा बनेको यस एसयूभीको लम्बाइ ४६१५ एमएम, चौडाइ १८७५ एमएम, उचाइ १७१५ एमएम र २७५० एमएमको ह्वीलबेस रहेको छ । अहिले डेमो युनिटको रूपमा ल्याइएको किया ईभी ५ मा १६० किलोवाटको मोटर छ । यसमा ६०.३ को एनएमसी र ६४.२ किलोवाट आवरको एलएफपी ब्लेड ब्याट्री छ ।

  :