मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

महानगर यातायातद्वारा राजधानीमा बिद्युतीय यात्रु बस सञ्चालन




काठमाडौं–महानगर यातायातले पनि अब काठमाडौंको सडकमा बिद्युतीय बसहरु सञ्चालन गर्ने भएको छ । कम्पनीले बुधबार चेरी वान्डा ब्रान्डको १२ वटा ३३ सिटे विद्युतीय बस सार्वजनिक गरेको हो।

चेरी वान्डा ब्रान्डको सिटी बस कम्पनीको नेपालका लागि आधिकारिक वितरक शशीला मोटर्सले महानगर यातायातलाई उक्त बस हस्तान्तरण गरेको हो।
यी बसहरुको ह्विलबेस ४३०० एमएम, ग्रेडिबिलिटी २५ प्रतिशत, १३८०० किलोग्राम तौल, कर्ब वेट ७९०० किलोग्राम रहेको कम्पनीले जनाएको छ।

यसको अधिकतम प्रतिघण्टा गति ६९ किलोमिटर छ भने ६८ जनाले एकपटकमा सिटमा बसेर यात्रा गर्न सक्छन्।

१२०÷२४० किलोवाटको मोटर सिस्टम रहेका बस डाइरेक्ट ड्राइभयुक्त छ। बसमा सीएटीएल, १४४.९७ केडब्लुएच पावरको ब्याट्री सिस्टम रहेको छ। कम्पनीले कलंकीमा चार्जिङ स्टेशन पनि बनाएको छ ।

  :