काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले पछिल्लो समयमा नेपालमा बिद्युतीय सवारी साधन (ईभी)को प्रयोग बढेर गएकाले अब विद्युतीय गाडीहरू नेपालमै बनाउनुपर्ने बताएका छन् ।
आज महानगर यातायातको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले नेपालमै ईभीको कारखाना खोल्दा गाडीको मूल्य कम पर्ने र व्यवस्थापनमा समेत सहयोग पुग्ने बताए ।
अब साना गाडीहरु प्रतिस्थापन गर्दै शहरमा वातावरणमैत्री ठूला सिटी बसहरु चलाउनुपर्नेमा उनको जोड थियो । सरकारले सार्वजनिक यातायातमा धेरै लगानी गर्न नसकेको बताउँदै निजी क्षेत्रले गरेको लगानी प्रभावकारी रहेको बताए ।









प्रतिक्रिया