मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

मन्त्री दाहाल भन्छन्– नेपाल ईभीको युगमा प्रवेश गरिसकेको छ



काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल विद्युतीय सवारी साधन (ईभी)को युगमा प्रवेश गरिसकेकोले अब त्यसलाई रोक्न कसैले नसक्ने बताएका छन् ।

आज महानगर यातायातको विद्युतीय बस सेवा शुभारम्भ गर्दै उनले पछिल्ला केही वर्षमा नेपालले यातायात पूर्वाधारको क्षेत्रमा प्रगति गरिरहेको बताए ।

उनले नेपालले दिगो, सुरक्षित, वातावरणमैत्री यातायातको सुरुवात गरिसकेको पनि बताए । उनले शहरमा जाम व्यवस्थित बनाउन ठूला सवारी साधन सञ्चालन गर्नुपर्ने पनि स्पष्ट पारे ।

  :