मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

१३ बैंकले ब्याजदर घटाए



काठमाडौंं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले केही दिन अगाडि मौद्रिक नीति सार्वजनिक गर्दै ब्याजदर कोरिडोरका सबै दरलाई घटाएसँगैको वाणिज्य बैंकहरुले नयाँ आर्थिक वर्ष २०८२/८३को पहिलो महिना साउनका लागि ब्याजदर घटाएका छन् । बैंकहरुले साउनका लागि आज सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार १३ वटा बैंकले ब्याजदर घटाएका छन् ।

नयाँ ब्याजदर अनुसार साउनका लागि नेपाल बैंकको ब्याजदर ५.४० प्रतिशत, कृषि विकास बैंकका ५.४० प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५.७५ बाट ५.५० प्रतिशत, प्रभुले ६.१० बाट साउनमा ४.२५ प्रतिशतमा झारेर कायम गरेको छ ।

त्यसैगरी, कुमारी बैंकले ५.७१ बाट ५.४१ प्रतिशत, प्राइम बैंकले ६.२५ बाट ६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ६ बाट ५.५० प्रतिशत, नेपाल एसबीआई बैंकले ५.५० बाट ५.३५ प्रतिशत, सिटिजन्स बैंकले ५.६५ बाट ५.५० प्रतिशत, सानिमा ६.१८ प्रतिशत, एभरेष्ट बैंकले ६.५५ बाट ६.२५ प्रतिशत कायम गरेका छन् ।

त्यसैगरी, माछापुच्छ्रे बैंक , सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, एनएमबी बैंकले ब्याजदर यथावत् राखेका छन् । हिमालयन बैंकले ब्याजदर बढाएर ६ प्रतिशत, स्टान्डर्ड चार्टड बैंकले ६.२६ पुयाएका छन् ।

  :