माघ १४, २०८२ मंगलबार | Tue Jan 27 2026

लिपमोटरको बी१० नेपाल भित्रियो




काठमाडौं– नेपाली बजारमा लिपमोटर सी१० र टी०३ को सफलतापछि लिपमोटरको नयाँ ईभी बी१० पनि नेपाल भित्रिएको छ।

लिपमोटरको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले यही साउन २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा राख्नको लागि बी१० ईभी नेपाल भित्र्याएको हो।

लिपमोटरको बी१० एसयूभी नेपाली बजारमा १६० किलोवाट क्षमताको इलेक्ट्रिक मोटरमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसको पिकटर्क २४० न्यूटन मिटर छ। यो गाडी लिपमोटरको इभी प्लेटफर्म ३.५ आर्किटेक्चरमा निर्माण भएको हो।

  :