मंसिर १९, २०८२ बिहीबार | Fri Dec 5 2025

नाइमा एक्स्पोमा ३५ नयाँ मोडल गाडीहरु सार्वजनिक हुने




काठमाडौं–नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजना गर्न यही साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकृुटीमण्डपमा हुने ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा ५० भन्दा बढी ब्राण्डको सहभागिता रहने र १५ वटा दुई पाङ्ग्रे, १५ वटा चार पाङ्ग्रे र ५ वटा कमर्सियल गाडीहरु सार्वजनिक हुने भएको छ ।

एक्स्पोको पूर्वसन्ध्यामा सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले यसपालि नयाँ प्रविधि र मोडलहरु सार्बजनिक हुने तथा विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरु प्रदर्शनीमा राखिने बताए । पत्रकार सम्मेलनमा ‘नाइमाका अक्ष्यक्ष रितु सिंह बैद्य ‘नाइमा मोबिलिटी एक्सपो २०२५’ नेपालकै सबैभन्दा ठूलो र महत्वपूर्ण अटोमोबाइल प्रदर्शनी बन्नेमा विश्वास ब्यक्त गरिन् । प्रदर्शनीको पाँचौ दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता रहने प्यानल डिस्कसनको बारेमा पनि बैद्यले जानकारी दिइन् ।

एक्स्पोको मुख्य प्रायोजन एभरेष्ट बैंक लिमिटेडका सहायक महाप्रबन्धक विष्णुप्रसाद ज्ञवाली र नेसनल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नभनित गुप्ताले एक्सपोसँगको सहकार्यप्रति गर्व ब्यक्त गरे ।

एभरेष्ट बैंक र नेसनल इन्स्योरेन्स प्रमुख प्रायोजक रहेको प्रदर्शनीमा टिकेटिङ पार्टनरको रुपमा खल्ती बाई आईएमई, वेभरेज पार्टनरमा माउण्टेन ड्यू, वृविङ्ग पार्टनरमा हिमालयन जाभा, राइड पार्टनरमा पठाओ, सर्वेलेन्स पार्टनरमा एचआईके भिजन, कनेक्टिभिटी पार्टनरमा वल्र्ड लिंक, हस्पिट्यालिटी पार्टनरमा सोल्टि होटल, मेडिकल पार्टनरमा फ्रन्टलाईन हिस्पटल, टेलिकम पार्टनरमा एनसेल र म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन रहेका छन् ।

प्रदर्शनीका आगन्तुकहरुलाई प्रायोजक कम्पनीले समेत विशेष प्रावधानको व्यवस्था गरेका छन् । राइड पार्टनरमा पठाओले प्रदर्शनी लक्षित गरेर भृकुटीमण्डप गन्तव्य भएका राइडहरुमा ३० प्रतिशतसम्मको छुट दिनेछ भने मेडिकल पार्टनर फ्रन्टलाईन हस्पिटलले प्रदर्शनी स्थलमा चौबिसै घन्टा एम्वुलेन्स व्यवस्थापन सहित आकस्मिक तथा सामान्य चिकित्सा सेवा प्रदान गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रदर्शनीलाई लक्षित गरेर नाइमाले विशेष अनलाइन प्रतियोगिता पनि सार्बजनिक गरेको छ । सो प्रतियोगितामा २१ श्रावण सम्ममा नाइमा अटो एक्सपो सम्वन्धित भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने एक उत्कृष्ट प्रतिस्पर्धीलाई एक लाख र श्रावण २१ देखि २५ सम्म अपलोड भएको १० उत्कृष्ट भिडियो प्रत्येकलाई १० हजार नगद पुस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रदर्शनीको पहिलो दिन अनिलकेशरी शाहले २ बजेदेखि ५ बजेसम्म ‘मोबिलिटी हिजो, आज र भोलि’ विषयमा ज्ञानवद्र्धक सत्र सञ्चालन गर्ने छन् भने अरु दिनको सत्रहरुमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र भारतको इन्ष्टिच्यूट अफ रोड ट्राफिक एजुकेशनजस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुको दक्ष तथा विज्ञ व्यक्तित्वहरुको उपस्थिति रहने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
एक्सपोमा बिक्री भएका टिकटहरुको पाँच प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को सहकार्यमा विद्यार्थीहरुलाई मोबिलिटी क्षेत्रका विषयमा छात्रवृति तथा फेलोशिपहरु प्रदान गरिने घोषणा पनि पत्रकार सम्मेलनमा गरिएको छ ।

  :