फाल्गुन २८, २०८२ बिहीबार | Thu Mar 12 2026

व्यावसायिक र स्कूलका लागि विकल्प क्यारी ईभी चाँडै नै नेपाली बजारमा




काठमाडौं– लक्ष्मी ग्रुप अन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चीनको व्यावसायिक विद्युतीय सवारी ब्रान्ड ‘क्यारी’ लाई साउन २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अटोमोबाइल ईपोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले आयोजना गर्ने ‘नाइमा मोबिलिटी एक्सपो २०२५’ मार्फत नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ ।


हुन्डाई र बीएमडब्ल्यू जस्ता विश्वस्तरीय अटोमोबाइल ब्रान्ड तथा कमर्सियल भेइकलमा एसएमएल इसुजुको समेत आधिकारिक वितरक रहेको लक्ष्मी ग्रुपले आफ्नो विद्युतीय यात्रालाई निरन्तरता दिँदै पूर्णतः विद्युतीय व्यावसायिक सवारीको क्षेत्रमा नयाँ आयाम थप्न लागेको जनाएको छ ।

क्यारी ब्रान्ड अन्तर्गत केभान १ र केभान २ भेरियन्टका इलेक्ट्रिक भ्यान लन्च गर्न लागिएको हो । व्यावसायिक प्रयोजनका लागि आधुनिक खैरो रङमा ’कमर्सियल भेरियन्ट’ र स्कुल÷कलेज प्रयोजनका लागि सुरक्षात्मक पहेँलो रङमा ’स्कुल भेरियन्ट’ उपलब्ध हुने कम्पनीले जनाएको छ ।

५३ किलोवाट आवर क्षमताको सिएटिएल ब्याट्री जडान गरिएको यी भ्यानले एक पटकको फुल चार्जमा अधिकतम ३०० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।

  :