मंसिर १९, २०८२ बिहीबार | Fri Dec 5 2025

चाडपर्व आउनु अगाडि नै डोङफेङ नामीको अफर, ८० हजार छूट पाइने



काठमाडौं । चाडपर्व आउनु अगाडि नै ग्राहकहरूलाई उत्सवको अनुभव दिलाउनका लागि डोङफेङ नामीले ‘अर्ली फेस्टिभ अफर’ सुरु गरेको छ । नामी ईभीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि मोटर्सका अनुसार यो अफर अन्तर्गत ग्राहकहरुले ८० हजारसम्म नगद छूट पाउने छन् ।

ग्राहकको गाडी किन्ने अनुभवलाई अझ विशेष बनाउन कम्पनीले नामी ईभीमा ८० हजार नगद छुट दिने घोषणा गरेको हो । यो अफरमा पहिले ३४ लाख ७९ हजार रुपैयाँ पर्ने नामी ईभी अब ग्राहकले ३३ लाख ९९ हजारमै खरिद गर्न पाउने कम्पनीले जनाएको छ ।

‘व्हाई वेट फर द फेस्टिभल’ भन्ने नारासहित ल्याइएको यो अफरअन्तर्गत कम्पनीले ग्राहकहरूलाई नेपालमा अत्याधिक मन पराइएको प्रिमियम इलेक्ट्रिक ह्याचब्याक नामी किनेर मौकाको फाइदा उठाउन आव्हान समेत गरेको छ ।
बोल्ड डिजाइन, लक्जरी इन्टेरियर र प्रयोग गर्न सहज प्रविधिको संयोजनले नामीलाई आधुनिक जीवनशैलीका लागि उपयुक्त ठूलो ह्याचब्याक भएको फाइभ–स्टार लक्जरी ईभी बनाएको छ ।


चाडपर्व सुरु हुनु अघि नै अफर सुरु गरेर कम्पनीले ग्राहकहरूलाई चाडबाडको भीडभाड नपर्खीकनै उत्सव सुरु गर्ने मौका दिएको जनाएको छ ।

  :