मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

दिपलको एस०७ आईसीसी सार्वजनिक, ५ वर्षे शून्य ओनरशिप कस्ट योजना



काठमाडौं– दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले एसयूभी दिपल एस०७ को अपग्रेडेड भर्सन एस०७ आईसीसीलाई नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले ‘५ वर्षे शून्य ओनरशिप कस्ट’ को अभूतपूर्व योजनासहित गाडी सार्वजनिक गरेको हो ।

यो योजना अन्तर्गत ग्राहकले ५ वर्षसम्म गाडीको स्वामित्वसँग सम्बन्धित कुनै पनि खर्च बेहोर्नु नपर्ने कम्पनीका प्रबन्ध निर्देशक विवेक सिकारियाले जनाएको छ । सिकारियाले दीपलले छोटो समयमै नेपाली बजारमा बलियो उपस्थिति जनाएको र ग्राहकको विश्वास जित्न सफल भएको बताए । कार्यक्रममा ब्राण्ड एम्बेसडर पारस खड्काले यो गाडी चलाउँदाको आफ्नो अनुभव सुनाएका थिए ।


नेपालको लक्जरी ईभी सेग्मेन्टलाई नेतृत्व दिइरहेको दिपल एस०७ को यो नयाँ भेरियन्टले नेक्स्ट जेनेरेसन कनेक्टिभिटी, रिफ्रेस्ड डिजाइन र एड्भान्स्ड इन्टेलिजेन्ट फिचरमार्फत ईभीको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘दिपल एस०७ आईसीए भेरियन्ट नयाँ एक्साइटिङ कलर नेबुला ब्लुमा पनि उपलब्ध हुनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो नयाँ कारको एलोई ह्विललाई पनि अझ आकर्षक बनाइएको छ । दिपल एस०७ आईसीएमा ६८.८ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ, जसले ४१० किलोमिटरको डब्लूएलटीपी रेन्ज दिनेछ ।’

  :