फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

जिली ईएक्स५ सिरिज एलआरआर मोटर्सले नेपाल भित्र्यायो




काठमाडौं– चिनियाँ कम्पनी जिली अटो होल्डिङ ग्रुपले उत्पादन गरेको २०२५ जिली ईएक्स५ सिरिज जिलीको नेपालका लागि आधिकारिक वितरक एलआरआर मोटर्सले नेपाल भित्र्याएको छ ।

नाडा अटो शो २०२५ लाई लक्षित गरी जिलीका २ मोडल जिली ईएक्स५ प्रो र जिली ईएक्स५ म्याक्स भित्र्याएको हो । यी मोडलहरू स्नो–ह्वाइट, फ्रोस्टी ग्रे, मूनलाइट सिल्भर, कार्बन ब्ल्याक र टक्र्वोइज ग्रिन गरी ५ आकर्षक रङमा उपलब्ध छन् ।

यी दुवै मोडलमा ६०.२ किलोवाट प्रतिघण्टा क्षमता भएको एलएफपी सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ, जुन अन्य सामान्य सर्ट ब्लेड ब्याट्रीभन्दा सुरक्षा, ऊर्जा घनत्व, प्रभावकारीता र दिगोपनाको दृष्टिकोणले उच्चस्तरीय मानिने कम्पनीले जनाएको छ । यी दुवै मोडलमा १६० किलोवाट क्षमताको मोटर छ ।

यसको ब्याट्रीको आयु ३५ सय चार्ज रिसाइकल (लगभग १० लाख किमी अथवा ५० वर्ष) रहेको छ जुन हालसम्म उपलब्ध अन्य कुनै पनि ब्याट्रीको क्षमताभन्दा धेरै भएको कम्पनीको भनाई छ । एलआरआर मोटर्सले जिलीका गाडीहरुको ब्याट्रीमा आठ वर्ष वा २ लाख किमीसम्म वारेन्टी समेत दिईएको जनाएको छ ।

  :