मंसिर २८, २०८२ शनिबार | Sat Dec 13 2025

टिभिएस रोनिन २२५ को २०२५ संस्करण सार्वजनिक



काठमाडौँ— नेपालका लागि टिभिएस मोटरसाइकलको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस रोनिन २२५ को २०२५ संस्करण आकर्षक ‘मिडनाइट ब्लु’ रङ्गमा सार्वजनिक गरेको छ।

यो नयाँ संस्करणले प्रिमियम डिजाइन, बहु प्रयोगी प्रदर्शन, र आधुनिक राइडरकेन्द्रित सुविधाका कारण मोटरसाइकल प्रेमीहरूको ध्यान तानेको छ।

हल बी को स्टल एल३ए मा प्रदर्शन गरिएको यस मोटरसाइकलले अत्याधुनिक प्रविधि, उत्कृष्ट इन्जिनियरिङ् र बहु प्रदर्शन क्षमताको संयोजन गर्दै सहरभित्रको दैनिक यात्रा देखि एड्भेन्चर यात्रा, दुबैमा उपयुक्त बनाएको छ।

यस मोटरसाइकलको मुटुमा रहेको परिष्कृत इन्जिनले स्मुथ टर्क डेलिभरी र थ्रोटलमा उत्कृष्ट रेस्पोन्स दिन्छ। अर्बन र रेन राइडिङ मोड बिच सहज रूपमा स्विच गर्न मिल्ने यस मोटरसाइकलले विभिन्न सडक र मौसम अवस्थामै पनि विश्वस्त नियन्त्रण दिन्छ।

ब्लुटुथ जडान, स्मार्टफोनसँग सजिलै जोडिने र नेभिगेसन सहायता दिने, डुअल च्यानल एबीएस मोडहरू, ब्रेकिङमा थप सुरक्षा लगायत यस मोटरसाइकलमा फिचर छन् ।

  :